एसी मिलानकाे एट्लान्टाको उपाधि जित्ने सम्भावना झिनो

काठमाडौं । इटालियन सिरी ए फुटबलअन्तर्गत गएराति भएको खेलमा एसी मिलान र एट्लान्टाले बराबरी खेलेका छन् । मिलानको घरेलु मैदानमा भएको खेल १-१ को बराबरीमा सकिएको हो ।
खेलका दुवै गोल पहिलो हाफमा भएका थिए । खेलमा अग्रता भने एसी मिलानले लिएको थियो । मिलानका लागि हाकान काल्हानोग्लुले १४औं मिनेटमा गोल गरेका थिए । तर खेलको ३४औं मिनेटमा डुभान जापाताले गोल फर्काएपछि खेल १औ१ को बराबरीमा पुगेको थियो ।
दुवै टोलीले पाएका माैकाहरुको सदुपयोग गर्न नसक्दा खेलमा त्यसपछि कुनै गोल हुन सकेनन् ।
बराबरीपछि एट्लान्टाको उपाधि जित्ने लक्ष्यमा ठुलो धक्का लागेको छ । खेल जितेर शीर्षस्थानको युभेन्ट्स सँग अंक दूरी छोट्याउने माैका पनि गुमाएको उसको बराबरीसँगै अब उपाधि जित्ने झिनो सम्भावना मात्र बाँकी छ । उसको ३६ खेलबाट ७५ अंक छ र तालिकाको दोस्रो स्थानमा यथावत् रहँदा एसी मिलान ६० अंकसहित छैटाैं स्थानमा छ ।