आज पनि बढ्यो सुन, हालसम्मकै उच्च रेकर्ड कायम

निरन्तर न्यूज
१४ श्रावण २०७७, बुधबार ११:४३

काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ पुगेको छ।

मंगलबार प्रतितोला ९८ हजार २ सयमा कारोबार भएको सुन तीन सयले बढेर आज नयाँ रेकर्ड कायम गरेको हो।

चाँदीको मूल्य भने २० रुपैयाँले घटेर १२ सय २५ रुपैयाँ पुगेको छ।

मंगलबार १२ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य आज घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु