राजधानीको नाम चलेको रेस्टुरेन्टको खानामा छेपारो फेला परेपछि…

निरन्तर न्यूज
१९ श्रावण २०७७, सोमबार १३:१३

काठमाडौं । राजधानीको एक नाम चलेको रेस्टुरेन्टमा खानामा छेपारो फेला परेको छ । भारतको केन्द्रिय राजधानी दिल्लीको क्यानट प्लेसमा रहेको दक्षिण भारतीय रेस्टुरेन्ट, सर्वाना भवनमा खानामा मृत छेपारोको फेला परेको हो । उक्त रेस्टुरेन्टविरुद्ध मुद्दा दर्ता गरिएको छ । कनाट प्लेस प्रहरी चौकीमा हिजो राती एउटा मुद्दा दर्ता गरिएको हो । हिजो प्रहरीले रेस्टुरेन्टमा खाना खान आएका एकजनाको गुनासोको आधारमा मुद्दा दर्ता गरेको हो ।

 

भनिन्छ कि एक व्यक्ति हिजो रातको खानाको लागि सरवना भवन रेस्टुरेन्टमा गएका थिए । त्यहाँ उनले उनलाई दिइएको सामभरमा एक मृत  छेपारो भेट्टाएका हुन् । उनले छेपारोको एउटा भिडियो बनाएपछि यो घटनाबारे खुलासा भएको हो । ति व्यक्तिले रेस्टुराका कर्मचारीहरूको पनि भिडियो बनाएर पछि यसलाई क्यानट प्लेस प्रहरी चौकीमा रिपोर्ट गरेका हुन् । प्रहरीले उजुरीको आधारमा सरवना भवन भोजनालयमा मुद्दा दर्ता गरेको छ । श्रोत जनबोली

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*