त्रिविमा तोडफोड गर्ने नेविसंघका ७ जना कार्यकर्ता पक्राउ
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालय र शिक्षाशास्त्र संकायमा तोडफोड गरेको आरोपमा प्रहरीले नेविसंघका ७ जना कार्यकर्ता पक्राउ गरेको छ ।
मंगलबार बिहान उपकुलपति र रजिस्टारको कार्यालय तथा शिक्षाशास्त्र संकायमा नेविसंघका कार्यकर्ताले तोडफोड गरेका थिए ।
पक्राउ पर्नेमा सम्झना खत्री, सञ्जय चौधरी, हरिप्रसाद जोशी, रामबहादुर थामी, रमेश कुँवर, विष्णु बडैला र मनोज कुँवर रहेको प्रहरीले जनाएको छ ।
विश्वविद्यालयमा अनियमितता हुँदै आएको, आफ्ना माग समेत पूरा नभएको र परीक्षाको विकल्प समेत नदिएको भन्दै तोडफोड गरेका थिए ।
नेविसंघका महामन्त्री दीपक भट्टराईले उनीहरुलाई झुटा मुद्धा लगाउने तयारी भएको भन्दै तत्काल रिहाइको माग गरेका छन् ।











