ओली र प्रचण्डबीचको छलफल सकारात्मक

निरन्तर न्यूज
२९ श्रावण २०७७, बिहीबार १९:५३

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा एक सातापछि भएको उक्त छलफल सकारात्मक रहेको प्रचण्डनिकट स्रोतले बताएको छ ।

२१ गतेका लागि छलफलको मिति तोकिए पनि प्रचण्डसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल ,प्रवक्ता नारायणकाजी श्रेष्ठको छुट्टै पत्रकार सम्मेलनपछि भेटको वातावरण बिग्रिएपछि उनीहरुबीच साउन २० गतेयता छलफल हुन सकेको थिएन।

पार्टी विभाजन हुन लागेको भन्दै दोस्रो र तेस्रो तहका नेताहरुले पार्टी विभाजनमा नलाग्न नेतृत्वलाई आग्रह गर्दै पार्टी एकताका लागि हस्ताक्षर अभियान समेत सुरु गरेका थिए ।

आजको छलफलमा महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी थिए।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेपछि असार १० गतेदेखि सुरु भएको बैठक साउन १३ गतेपछि बस्न सकेको छैन।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*