भारतमा महिला डाक्टरको बीभत्स हत्या, पुरुष डाक्टर पक्राउ

निरन्तर न्यूज
४ भाद्र २०७७, बिहीबार १०:४७

नयाँदिल्ली । एक महिला डाक्टरको भारतमा विभत्स हत्या गरिएको छ । आगरास्थित सरोजिनी नायडु मेडिकल कलेजबाट एमबीबीएस गरेकी डा.योगिता गौतमको विभत्स रुपमा हत्या भएको हो ।

मंगलबारदेखि बेपत्ता उनको शव बुधबार बिहान शहरदेखि टाढा डौकी थाना क्षेत्रको बमरौली कटाराको खाली ठाउँमा फेला परेको भारतीय सञ्चारमाध्यमले खबर लेखेका छन् । नयाँ दिल्लीमा बस्ने गरेकी डा. गौतमका बुबा र दाइ पनि डाक्टर हुन् ।

डा.गौतम मंगलबार राति अबेर सम्पर्कविहीन भएकी थिइन् । उनको फोन पनि स्वीचअफ भएको थियो । प्रहरीले घटनाको जानकारी दिएपछि मृतकका बुबा र दाइ बुधबार बिहानै आगरा (घटनास्थल)पुगेका छन् ।

उनीहरूले उरई जालौन मेडिकल कलेजका मेडिकल अफिसर डा. विवेक तिवारीले योगिताको हत्या गरेको आरोप लगाएका छन् । किनकी उनले पहिलेदेखि नै योगितालाई मार्ने धम्की दिइरहेका थिए ।

घटनास्थल आपपासका सीसीटीभीका फुटेजले उनको हत्यामा डा. तिवारी संलग्न देखिने केही प्रमाण प्रहरीले फेला पारेको भारतीय सञ्चारमाध्यम आजतकले जनाएको छ ।

सोहीबमोजिम उनलाई हिरासतमा लिइएको एसएसपी आगरा बबलुकुमारले बताएका छन् । उनका अनुसार मृतकको टाउको र घाँटीमा चोट छ । पोस्टमार्टम रिपोर्टले डा. योगिताले मर्नुअघि ज्यान बचाउन निकै संघर्ष गरेको देखाएको छ ।

एसएसपी आगराका अनुसार आरोपित डा. विवेक तिवारीसँग बयान लिने क्रम जारी छ । उनीविरुद्ध उजुरी परिसकेको छ । घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ । एजेन्सी

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*