एलिजा र दुर्गेशको ‘घाँसको माया गाईलाई’ गीतको भिडिओ सार्वजनिक

निरन्तर न्यूज
२५ भाद्र २०७७, बिहीबार १५:३१

काठमाडौं । चर्चित नायिका एलिजा गौतम र मोडेल दुर्गेश थापा अभिनित ‘घाँसको माया गाईलाई’ बोलको गीतको भिडिओ सार्वजनिक भएको छ । ईनाक्षी ईन्टरटेनमेन्टमार्फत उक्त गीतको भिडिओ आज सार्वजनिक भएको हो । राजनराज शिवाकोटी र रेखा ढुंगाना कटवालको स्वर रहेको गीतका रचनाकार राजेन्द्र थापा हुन् ।

गीतमा संगीत पनि गायक शिवाकोटीको नै छ । रामजनक कटवाल निर्माता रहेको भिडिओको कोरियोग्राफी तथा सम्पादन भने शिब बि।कले गरेका छन् । भिडिओमा बाल कलाकारमा भेनस बिक्रम कटवालको पनि अभिनय रहेको छ। भिडिओको सम्पादन भने विकास ज्ञवालीको छ । आमोश तामाङको एरेन्ज रहेको भिडिओको छायाँकन अर्जुन तिवारीले गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*