जेठ ९ गते प्रदर्शन हुने चलचित्र नरसिंह अवतारकाे टीम हेटाैँडामा

निरन्तर न्यूज
४ जेष्ठ २०८२, शनिबार १७:२४

हेटौँडा । राजेश हमाल अभिनित चलचित्र ‘नरसिंहा अवतार’ को निर्माता र कलाकारकाे टीम हेटाेँडा आइपुगेकाे छ ।

सिनेमा बारे जानकारी दिने उद्देश्यले आज हेटौँडामा गरेकाे पत्रकार सम्मेलनमा चलचित्रको प्रदर्शनका बारेमा जानकारी गराएका छन् । ८ वर्षपछि राजेश हमालको पुनरागमनलाई आमरुपमा चासोका साथ हेरिरहेका बेला नरसिंहा अवतार निर्माण टोली र कलाकारले हेटौँडामा पत्रकारसँग अन्तरक्रिया समेत गरेका छन् ।

जेठ ९ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने चलचित्रले दर्शकलाई मनोरञ्जन प्रदान गर्ने निर्माता तथा वितरक नरेन्द्र महर्जन बताउनुहुन्छ । राम्रा नेपाली चलचित्रले राम्रो व्यापार गरिरहेको सन्दर्भमा नरसिंहा अवतार पनि दर्शकले रुचाउने र राम्रो व्यापार गर्ने चलचित्रको रुपमा स्थापित हुने निर्माता महर्जनको भनाइ छ । राजेश हमालको पुनरागमन र पुराना चर्चित गीतलाई समावेश गरेर निर्माण गरिएको चलचित्रले दर्शकलाई सन्तुष्टि दिने महर्जनको दावी छ ।

नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, दीपक शर्मा ढकालसहित हेटौँडाका व्यक्तिहरुकाे  करिब ४ करोड रुपैयाँ लगानी रहेको चलचित्रकाे निर्देशन तथा लेखन दिवाकर भट्टराईले गरेका हुन् । पत्रकार सम्मेलनमा फिल्मका नायक राज कटुवाल र नायिका सनिषा भट्टराईलगायतकाे उपस्थिति थियो । फिल्ममा राजेश हमालसँगै सरोज खनाल, नीर शाह, राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ लगायतका कलाकारको अभिनय छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*