अमेरिकाबासी नेपालीकाे करेसाबारीमा लटरम्मै तरकारी

सुपेन्द्र बस्नेत
२६ भाद्र २०७७, शुक्रबार ०७:२९

बिज्ञान र प्रविधिले ल्याएकाे परिवर्तलाई सभ्यता , बिकास र उपलब्धिका रुपमा स्विकार्दै आइएकाे याे बिचित्र संसार , यति बेला काेराेना कहरका कारण थङथिलो भएकाे छ। चाहे याे समस्या प्राकृतिक हाेस् या कृतिम , यसले प्राणीजगतमा पुर्याएकाे प्रतक्ष्य अप्रतक्ष्य प्रतिकूल प्रभाव
साच्चै काहाली लाग्दाे छ ।
जसकाे यथार्थ लेखाजाेखा भने समयले अवश्य गर्ला नै । काेराेना हंगामाले विश्वकै मानिसकाे जनजीवन र दैनिकीमा आमूल परिवर्तन गरिदियाे। जसबाट अरु झै अमेरिकामा रहेका नेपालीहरु पनि अछुताे रहन सकेनन् । काेराेनाका कारण कयाैं नेपालीहरुले पनि काम गुमाउदा वा काेराेनाबाट बच्नका लागि सुरक्षित प्रभावकारी उपाय अपनाउदा घरबासमा रहन बाध्य भए । भने कतिले काेराेनाकाे सन्त्रासका बेलामा पनि जागिरलाई निरन्तरता दिइनै रहे । काेराेना कहरका बिच आफ्नाे उपलब्ध फुर्सदकाे समय खेर नफाली करेसाबारीकाे सिहारसुसारमा सदुपयाेग गरेर करेसाबारी लाेभै लाग्दाे बनाउने नेपालीहरुकाे पनि कमी रहेन । जस मध्यकाे एक कर्मयाेगी परिवार हाे – थापा परिवार । जाे बाेस्टन स्थित नेपाली समुदायका बिच चिरपरिचित छ । नेपालकाे संखुवासभा ,चन्द्रपुर जन्मथलाे भई हाल अमेरिकाकाे म्यासाच्युसेट्स राज्यकाे बाेस्टनमा परिवारसहित बसाेबास गर्दै आउनु भएका राज थापाकाे करेसाबारी साँच्चै लाेभ लाग्दाे, उत्प्रेरक र मनमाेहक रहेकाे छ । झण्डै १० बर्ष अघि परिवार सहित अमेरिका छिर्नु भएका थापाकाे करेसाबारी अघिल्ला बर्षहरुमा पनि आकर्ष नै थिए । तर , यस बर्ष काेरानाका कारण घरदेखि जागीर र जागीरदेखि घरसम्म मात्र सिमित रहनु पर्दा बच्न गएकाे पर्याप्त समय करेसाबारीका लागि सदुपयाेग गर्न पाँउदा अझ आकर्षक र फलदायी बनाउन सकिएकाे थापाकाे ठम्याई छ । जन्मथलाे नेपालमा रहदा आर्जन गरिएकाे धेरथाेर कृषि सम्बन्धी ज्ञान र सीपलाई आफ्नाे करेसाबारीमा सक्दाे सदुपयोग गरेकाे थापा बताउनु हुन्छ । जुन कुरा माैलाइरहेका करेसाबारीका तरकारीहरुका दृश्यहरुले पनि सहजै पुष्टि गर्दछन् ।
झट्ट सुन्दा सामान्य बिषय जस्ताे लागे पनि डलर फल्ने ठाँऊ भनि चिनिने अमेरिकाकाे सन्दर्भमा भने यस प्रकारकाे तरकारी फलाई निकै महत्वपूर्ण, कदरयाेग्य र प्रेरणादायी कार्य हाे । लटरम्मै फलेका बाेडी,खुर्सानी,घिराैला,फर्सी,आलु,चिप्लीभेडा,भन्टा ,गाेलभेडा, हरिया साग लगायत अर्ग्यानिक तकारी रहेकाे करेसाबारी अवलाेकन गर्दा , याे अमेरिका नभएर नेपालकै एउटा मेहनती सफल किसानकाे करेसाबारी हाे भन्ने भान हुन्छ।अमेरिकामा महिनाै अघिदेखि टिपेर चिसाेमा भण्डारण गरिएका तरकारी खाएर छाक टार्न बिवस जिन्दगीमा आफ्नै करेसाबारीबाट ताजा र स्वस्थ्य तरकारी तत्काल टिपेर भान्सा मिठाे र रमाईलाे बनाउन पाँउनु त अमेरिकाबासी नेपालीका लागि अहाेभाग्य नै हाे । त्यति मात्र काँहा हाे र, आर्थिक हिसाबले पनि करेसाबारीले तरकारीमा हुने ठुलाे खर्चमा निकै कटाैती गराइरहेकाे जिकिर गर्नु हुन्छ -थापा। उँहा भन्नु हुन्छ “करेसाबारीका कारण तरकारी किन्नमा हुने ठुलाे खर्च जाेगिएकाे छ।” त्यसकाे अलावा महत्वपूर्ण र अमु्ल्य कुरा , कामबाट थाकेर आएकाे तन र काेराेनाका कारण बिरक्तिएकाे मनले केरेसाबारीमा छिर्ने बित्तिकै अत्यन्तै स्फुर्ति र आनन्दभूति गर्दछ ‘ । उसाे त मनकारी मनका धनी थापा परिवार , करेसाबारीमा तरकारी हुँदा र माैका पाउदा छिमेकी र पाहुनाहरुकाे भान्सा पनि स्वादिष्ट र रमाइलाे बनाइदिन चुक्दैन । लामाे समयदेखि ग्रेटर बाेष्टन नेपाली समुदायमा आबद्ध भई हाल हाल महासचिवकाे जिम्मेवारी सम्हालिरहनु भएका थापा बताउनु हुन्छ , ” ब्यापारिक हिसाबले नभई रहरले ठाँऊ पाउदा जानेकाे सीपकाे सदुपयाेग गर्न सुरु गरेका हाैं तर गर्दै जादा लगभग तरकारीमा आत्मनिर्भरतिर उन्मुख हुदै गएका छाैं । याे हाम्रालागि निकै खुशीकाे कुरा हाे । र, यस्तै चाहनेहरुका लागि पनि प्रेरणाकाे कुराे हाे । ”
हिजाेआज हरसम्भव हरेक दिन कामबाट फर्किए पछि करेसाबारी डुल्ने उहाँकाे दैनिकी नै बनेकाे छ । तुलनात्मक रुपमा मुख्यगरी करेसाबारी डुल्नु आफ्नाे रहर भएकाे तर रेखदेख र सिहारसुसारकाे करकाे मुख्य जिम्मेवारी आफ्नी जीवनसंगिनी रिना थापाले निर्वाह गर्दै आउनु भएकाले यसकाे मुख्य श्रेय पनि उहाँलाई नै दिन रुचाउनु हुन्छ – थापा। श्रीमतिकाे महत्वपूर्ण याेगदानकाे प्रतिफलप्रति गर्व गर्दै उहाँ भन्नु हुन्छ ‘ यत्तिकाे लाेभै लाग्दाे र कदरयाेग्य परिणाम आउनुमा मुख्य श्रेय श्रीमति ज्यूलाई नै जान्छ । ” त्यसाे त हाेस्टेमा हैसे गर्नेमा उहाँका दुई छाेराहरु पनि चुकेका छैनन् । आइपर्दा आवश्यक सहयाेग गर्दै छाेराहरुले आमा बुबाकाे पछिपछि लागेर पुर्खौली कृषि कर्मकाे अमुल्य ब्यवहारिक शिक्षा लिइरका छन् भन्नु हुन्छ – थापा ।बास्तवमा अमेरिकामा कृषिकाे अमुल्य सैद्धान्तिक ज्ञान र ब्यवहारिक सीप पाउन करेसाबारीले महत्वपूर्ण भुमिका खेल्दछ भन्नेमा दुई मत छैन । अर्काे कुरा नेपाली तन, नेपाली मन र नेपालीपनकाे याेग प्रतिबिम्बित हुने करेसाबारीले प्रतक्ष्य रुपमा आर्थिक क्षेत्रमा पुर्याउने याेगदान उल्लेखनीय नदेखिए पनि अप्रतक्ष्य रुपमा नेपालीपन , पहिचान र बिशेषताहरुकाे संरक्षण र संबर्धनमा महत्वपूर्ण याेगदान पुर्याउनेमा कुनै संका छैन ।
अझ महत्वपूर्ण अर्काे पाटाे याे छ कि , अर्ग्यानिक तरकारी खानाले स्वास्थ्यमा पुर्याउने याेगदान र करेसाबारीमा तन डुलाएर मन भुलाउदा पाउने आनन्द साच्चै अमुल्य र अद्भुत हुन्छ नै । यि र यस्तै कारणहरुले गर्दा पछिल्ला दिनहरुमा अमेरिकामा रहेका आम नेपालीहरु जसाेतसाे जाेडजुलुम गरेर घर जाेड्ने र घर जाेडिसकेपछि धेरथाेर करेसाबारी बनाउने रहर नेपालीकाे बिशेषता र पहिचान नै बन्दै गइरहेकाे छ । हेटौंडा, मकवानपुर हाल अमेरिका

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*