भारतका गृहमन्त्री अमित शाह कोरोनामुक्त भएको एक महिना नपुग्दै फेरि अस्पताल भर्ना

निरन्तर न्यूज
२८ भाद्र २०७७, आईतवार १२:०९

काठमाडौँ । कोरोनामुक्त भएर डिस्चार्ज भएको एक महिना नपुग्दै भारतका गृहमन्त्री अमित शाह फेरि अस्पताल भर्ना भएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार सास लिन अप्ठेरो भएपछि गृहमन्त्री शाहलाई शनिबार राति ११ बजे दिल्लीस्थित एम्स अस्पतालमा भर्ना गरिएको हो।

यसअघि कोरोना संक्रमण भएपछि सोही अस्पतालमा २ हप्ता उपचार गरी उनी गत अगस्ट १४ तारिख मात्र डिस्चार्ज भएका थिए। तर केही दिनयता फेरि उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएको बताइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*