कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना

निरन्तर न्यूज
३१ भाद्र २०७७, बुधबार ११:३४

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालमा भर्ना भएका छन् ।

केहिदिन अघि कोरोना संक्रमण पुष्टि भएका कोइराला होम आइसोलेसनमा बस्दै आएका थिए । उनलाई मंगलबार साँझ ज्वरो बढेपछि चाबहिलस्थित ॐ अस्पतालमा भर्ना गरिएको छ ।

उनको अवस्था स्थिर र सुधारोन्मुख रहेको अस्पतालका प्रवन्ध सन्चालक बाबुकाजी कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु