यथाशीघ्र प्रहरी समायाेजन गर्न संघीय गृहमन्त्रीलाई प्रदेश मन्त्रीको पत्र
जनकपुर । प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले संघीय गृह मन्त्री राम बहादुर थापालाई प्रहरी समायोजन नहुँदा शान्ति सुरक्षा कायम गर्न समस्या भएको भन्दै ऐन अनुसार यथाशीघ्र प्रहरी समायाेजन गर्न पत्राचार गरेका छन् ।
आन्तरिक मामिला तथा कानून मन्त्री यादवले संघीय गृहमन्त्री थापालाई नेपाल प्रहरी र प्रदेश प्रहरीले संचालन गर्ने कार्यकाे सम्पादन, सुपरिवेक्षण र समन्वय सम्वन्धमा व्यवस्था गर्न बनेकाे ऐन, २०७६ कार्यान्वयन गर्नकाे लागि शुक्रबार पत्राचार गरेका हुन् ।











