मन्त्रिपरिषद्को आकस्मिक बैठकले गर्‍यो यी निर्णय

निरन्तर न्यूज
११ आश्विन २०७७, आईतवार १५:२६

काठमाडौँ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले कृषि अनुसन्धान परिषद् (नार्क)को कार्यकारी निर्देशकमा डा। दीपक भण्डारीलाई नियुक्त गरेको छ।

केहि महिनादेखि निमित्त कार्यकारी निर्देशकको रुपमा कार्यरत् रहेका भण्डारीलाई नै सो पदमा नियुक्त गरिएको एक मन्त्रीले नेपालखबरलाई बताए

यसैगरी, नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरणसम्बन्धी सम्झौता हुने भएको छ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले इजरायलयका लागि नेपाली राजदूत डा। अञ्जान शाक्यलाई सम्झौता गर्ने अख्तियार प्रदान गरेको हो।

अघिल्लो मन्त्रिपरिषद् बैठकले श्रम सम्बम्धी सम्झौता गर्न राजदूत शाक्यलाई अख्तियारी प्रदान गरेको थियो।

नियमित रुपमा सोमबार तथा बिहीबार बस्ने गरेको बैठक आइतबार नै राखिए पनि कुनै विशेष जरुरी प्रस्तावबारे छलफल नभएको एक मन्त्रीले बताए।

‘बैठक आकस्मिकरुपमा आज राखिए पनि कुनै त्यस्तो विशेष प्रस्ताव थिएन, बैठक नियमित विषयहरुमै केन्द्रित रह्यो,’ ती मन्त्रीले भने।श्रोत रिपोर्टर्स नेपाल

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*