माइक्रोको ठक्करबाट कांग्रेस सांसद रसाइली घाइते
निरन्तर न्यूज
१२ आश्विन २०७७, सोमबार ११:४७
काठमाडौं । माइक्रोले ठक्करबाट नेपाली कांग्रेसका सांसद प्रकाश रसाइली स्नेही घाइते भएका छन् । रसाइली सवार स्कुटीलाई माइक्रोले ठक्कर दिदा रसाइली घाइते भएका हुन् ।
स्कुटीमा सीतापाइलाबाट अनामनगर जाँदै गरेका स्नेहीलाई सोमबार बिहान पौने ८ बजेतिर माइक्रोले टेकुमा ठक्कर दिएको सागर परियारले जानकारी दिए । स्नेहीको नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।











