राष्ट्रपति विद्यादेवी भण्डारीबाट यी ३ अध्यादेश जारी

निरन्तर न्यूज
१२ आश्विन २०७७, सोमबार १५:४०

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमवार ३ अध्यादेश जारी गरेकी छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा ९१० बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अध्यादेश जारी गरेका जानकारी दिए ।

राष्ट्रपतिबाट तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ९नियमन० अध्यादेश २०७७, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७७ र नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश २०७७ जारी भएका छन् ।

संसद चालू नभएको अवस्थामा गर्नुपर्ने कानूनी व्यवस्थाका लागि सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गर्नसक्ने संवैधानिक व्यवस्था छ । संसद अधिवेशन चलेपछि यी अध्यादेशलाई संसदबाट पारित गराउनुपर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*