नवनियुक्त मन्त्रीहरुको शपथग्रहण आज विहान साढे ११ बजे तय

निरन्तर न्यूज
२९ आश्विन २०७७, बिहीबार ०८:१३

काठमाडौं । नयाँ जिम्मेवारी पाएका मन्त्रीहरुको शपथग्रहण कार्यक्रम आज बिहान साढे ११ बजेका लागि तय भएकाे छ ।

नवनियुक्त तीन मन्त्रीले बिहीबार शीतलनिवासमा शपथ लिने तय भएकाे हाे ।

नयाँ मन्त्रिपरिषदमा अर्थ मन्त्रालयमा विष्णुप्रसाद पौडेल आएका छन् भने रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीसँग राखेर उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राखिएको छ ।

यस्तै सञ्चार मन्त्रालयको जिम्मेवारी पार्वत गुरुङलाई दिएर पार्वत गुरुङले सम्हाल्दै आएको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी लीलानाथ श्रेष्ठलाई दिइएको छ । सहरी विकासमा भने कृष्णगाेपाल श्रेष्ठलाई नियुक्त गरिएकाे छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*