सांसद निरु पाललाई कोरोना संक्रमण

काठमाडौं । महिला तथा सामाजिक समितिकी सभापति तथा नेकपा सांसद निरु पाललाई कोरोनाभाइरसको संक्रमण देखिएको छ ।
कोभिड-१९ को लक्षण देखिएपछि परिक्षण गर्दा बुधबार उनको रिपोर्ट पोजेटिभ आएको जनाइएको छ । हल्का ज्वरो, जिउ धेरै दुख्ने र श्वास फेर्न गाह्रो भएपछि मंगलबार स्वाब दिएको उनले बताएकी छिन् ।
उनले आफ्नो सम्पर्कमा रहेकालाई जाँच गराउन र आफन्तलाई नआत्तिन आग्रह गरेकी छिन् । उनले आफु छिट्टै निको भएर काममा फर्किने बताएकी छिन् । श्रोत क्यानाडानेपाल डेस्क