कर्णालीका मुख्यमन्त्री शाहीद्वारा प्रचण्डसँग परामर्श

निरन्तर न्यूज
२९ आश्विन २०७७, बिहीबार १४:५२

काठमाडौं । कर्णाली प्रदेशमा देखिएको राजनीतिक विवादलाई लिएर मुख्यमन्त्री एवं दलका नेता महेन्द्रबहादुर शाहीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेका छन् ।

शाहीसहित सो समूहका नेताहरूले बिहीवार प्रचण्डको निवास खुमलटारमा भेटेर कर्णालीको राजनीतिक संकटबारे छलफल गरेका हुन् ।

संसदीय दलका बहुमत सदस्यले मुख्यमन्त्री एवं दलका नेता शाहीविरुद्ध अविश्वासको प्रस्तावका लागि भन्दै हस्ताक्षर संकलन गरेपछि कर्णालीको विवाद सतहमा आएको थियो ।

आफूविरुद्ध हस्ताक्षरको अगुवाइ गरेको भन्दै शाहीले मुख्य सचेतक गुलावजंग शाहलाई हटाएर सीता नेपालीलाई नियुक्त गरेका थिए ।

यो विवादलाई लिएर केन्द्रमा नेकपाका अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच पटक–पटक छलफल भएको थियो ।

ओली–प्रचण्डले समस्या समाधानका लागि दुवै पक्षलाई काठमाडौं बोलाएका थिए ।

हस्ताक्षरकर्तामध्ये यामलाल कँडेल लगायतसँग पनि छलफलपछि दुवै पक्षको उपस्थितिमा दुई अध्यक्षले सहमतिको प्रयास गर्ने नेकपा स्रोतले बतायो ।

शाहीको टोलीसँग प्रचण्डले सहमति गरेर अगाडि बढाउने र सरकार परिवर्तन नहुने आश्वासन दिएको स्रोतले लोकान्तरलाई बतायो । श्रोत लोकान्तर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*