जनता समाजवादी पार्टीको जिम्मेवारी बाँडफाँड (सूचिसहित)
काठमाडौ । जनता समाजवादी पार्टी (जसपा)को गत ३ र ४ कात्तिकमा ललितपुरमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संघीय परिषद् र केन्द्रीय समिति गठनका साथै नेताहरुको जिम्मेवारी बाँडफाट गरेको छ ।
बैठकबाट संघीय परिषद्को अध्यक्ष डा. बाबुराम भट्टराईलाई बनाएको छ भने विधान संशोधन गरी केन्द्रीय समितिको संख्या ७०१ बाट ८०१ पुर्याएको छ ।
हाल जसपा केन्द्रीय समितिको सूची सार्वजनिक भइसकेको छ ।
बैठकले विभिन्न विभाग, समिति र निकायहरुकाे गठन गरी ३५ जना नेताहरुलाई जिम्मेवारी दिएको छ ।
३५ जना नेता डा. बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादव, अशोक राई र राजेन्द्र महतो बाहेकका हुन् ।
जसपाका पाँच शीर्ष नेताबाहेक तीभन्दा मुनि रहेका नेताहरुलाई विभिन्न विभाग गठन गरी जिम्मेवारी दिइएकाे हाे ।
जुन यस प्रकार छ :
केन्द्रीय सल्लाहकार समिति प्रमुख- भीमप्रसाद गौतम
केन्द्रीय विज्ञ परिषद् प्रमुख- डा. पुष्पराज राजकर्णिकार
केन्द्रीय अनुशासन आयोग प्रमुख- लक्ष्मणलाल कर्ण
केन्द्रीय निर्वाचन आयोग प्रमुख- अनिलकुमार झा
केन्द्रीय लेखापरीक्षण प्रमुख- अमरेश नारायण झा
केन्द्रीय विभागहरु :
नीति, योजना तथा कार्य व्यवस्था विभाग प्रमुख- शरतसिंह भण्डारी
अनुशासन, अभिलेख तथा अन्तरप्रदेश समन्वय विभाग प्रमुख- रामसहायप्रसाद यादव
पार्टी स्कुल तथा प्रशिक्षण विभाग प्रमुख- हेमराज राई
अन्तर्राष्ट्रिय (राजनीतिक तथा कुटनीतिक) विभाग प्रमुख- रकम चेम्जोङ
सूचना, सञ्चार प्रकाशन तथा प्रचार विभाग प्रमुख- डम्बरु बल्लभ खतिवडा
आर्थिक विभाग प्रमुख- उमाकान्त झा
संसदीय व्यवस्था विभाग प्रमुख- अमृता अग्रहरि
संघीय मामिला विभाग प्रमुख- वृषेशचन्द्र लाल
शहीद तथा बेपत्ता परिवार, घाइते एवं द्वन्द्व प्रभावित व्यवस्थापन विभाग प्रमुख- चन्दा चौधरी
सुरक्षा विभाग प्रमुख- सुनील रोहित
उत्पादन तथा स्वरोजगार विभाग प्रमुख- रमेश यादव
कृषि तथा भूमि व्यवस्था विभाग प्रमुख- मृगेन्द्रसिंह यादव
वन तथा वातावरण विभाग प्रमुख- गोविन्द चौधरी
सहकारी तथा गरिबी निवारण विभाग प्रमुख- निर्जला राउत
मानव अधिकार तथा सामाजिक सेवा विभाग प्रमुख- सुशीला श्रेष्ठ
भ्रष्टाचार नियन्त्रण तथा सुशासन विभाग प्रमुख- मनिषकुमार सुमन
आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग प्रमुख- अकवाल अहमद शाह
शहरी विकास तथा खानेपानी विभाग प्रमुख- इस्तियाक राईन
प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन प्रमुख- अकवाल अहमद शाह
शिक्षा, विज्ञान तथा प्रविधि विभाग प्रमुख- रेणुकुमारी यादव
स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख- युवराज कार्की
पर्यटन तथा नागरिक उड्डयन विभाग प्रमुख- प्रकाश अधिकारी
राज्य व्यवस्था विभाग प्रमुख- राजकिशोर यादव
स्थानीय तह परिचालन विभाग प्रमुख- महेन्द्र राय यादव
भौतिक पूर्वाधार तथा यातायात व्यवस्था प्रमुख- सवेन्द्रनाथ शुक्ल
श्रम तथा रोजगार विभाग प्रमुख- राजकुमार लेखी
संवैधानिक व्यवस्था तथा कानून विभाग प्रमुख- नवराज सुवेदी
समावेशी विभाग प्रमुख- हिसिला यमी
आर्थिक नीति तथा योजना विभाग प्रमुख- प्रशान्त सिंह
जल तथा प्राकृतिक स्रोत व्यवस्थापन विभाग प्रमुख- रणध्वज कन्दङवा ।











