बागमती प्रदेशका मुख्यमन्त्रीलाई कोरोना संक्रमण
निरन्तर न्यूज
६ कार्तिक २०७७, बिहीबार १९:२६
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई कोरोना संक्रमणको पुष्टि भएको छ । मुख्यमन्त्री पौडेलका प्रेस संयोजक प्रकाश दाहालले सामाजिल संजालमार्फत यसबारे जानकारी दिएका हुन् ।
उनीसँगै उनकी धर्मपत्नी, एक जना सुरक्षाकर्मी, दुई जना चालक र एक जना कार्यालय सहयोगीको समेत कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।











