बागमती प्रदेशका मुख्यमन्त्री पाैडेलकाे स्वास्थ्यस्थिति सामान्य
हेटाैँडा । काेराेना संक्रमण भएर काठमाण्डाैँकाे शहिद गंगालाल राष्ट्रिय हृदयराेग केन्द्रमा थप उपचारकाे लागि लगिएका बागमती प्रदेशका मुख्यमन्त्री डाेरमणी पाैडेलकाे स्वास्थ्यस्थिति अवस्था सामान्य रहेकाे छ ।
मुख्यमन्त्री पाैडेललाई थप उपचारका लागि शुक्रबार काठमाडौं लगिएपछि उनकाे स्वास्थ्य स्थिति सामान्य रहेकाे मुख्यमन्त्रीका स्वकीय सचिव अनुप पाैडेलले निरन्तर न्यूजलाई बताए ।
मुख्यमन्त्रीज्यूकाे स्वास्थ्य अवस्था अरुबेला जस्तै सामान्य रहेकाे छ, हाल चिकित्सककाे निगरानीमा हुनुहन्छ स्वकीय सचिव अनुपले भने । मुख्यमन्त्री पौडेलसँगै उनकी श्रीमती विजयाकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे उनले बताए ।
मधुमेहका बिरामी मुख्यमन्त्री पौडेलको केही महिनाअघि मुटुको शल्यक्रियासमेत गरिएको थियो । केही दिनअघि कोरोना संक्रमण पुष्टि भएपछि मुख्यमन्त्री निवास चौकीटोल हाइटमा हेटौंडा अस्पतालका चिकित्सकहरुले पौडेलको उपचार गरिरहेका थिए ।
केही दिनअघि मुख्यमन्त्री पौडेलसँगै उनकी श्रीमती, एक सुरक्षाकर्मी, दुई चालक र एक कार्यालय सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई सामान्य रुघाखोकी मात्र देखा परेको जनाइएको छ ।











