कस्मिरमा आतंककारीले कारमै गाेली हानेर भाजपाका ३ नेताको हत्या गरे

निरन्तर न्यूज
१४ कार्तिक २०७७, शुक्रबार ०६:५५

एजेन्सी ।  दक्षिणी कस्मिरको कुलगाममा बिहीबार साँझ आतंककारीले गोली हानेर भारतीय जनता पार्टी (भाजपा) का नेता फिदा हुसैनसहित ३ जनाको हत्या गरेका छन्।

भारतीय पत्रिका दैनिक भास्करका अनुसार हुसैन, कुलगाम भाजपा युवा मोर्चाका महासचिव थिए। उनीसहित उनका दुई कार्यकर्ता- उमर रासिद बेग र उमर रमजान हाजमको हत्या भएको हो।

एक जनाको घटनास्थलमै र अन्य दुई जनाको अस्पताल लानेबित्तिकै मृत्यु भएको दैनिक भास्करले उल्लेख गरेकाे छ। तर कसको घटनास्थलमै र ककसको अस्पताल लानेबित्तिकै मृत्यु भएको हो, पत्रिकाले खुलाएको छैन।

फिदा हुसैन काजिगुन्ड बस्थे। हुसैनविरुद्ध त्यसबेला हमला भयो, जतिबेला उनी कारमा कार्यकर्ताका साथ घरतर्फ जाँदै थिए।

आतंकवादी एक गाडीमा आए र फिदालाई कारमै गोली हानेर भागे। सुरक्षाकर्मीले आक्रमणकारीको खोजी गरिरहेको जनाएका छन्।

द रजिस्टेन्स फ्रन्ट (टीआरएफ) नामक संगठनले आक्रमणको जिम्मेवारी लिएको छ।

यो संगठन लक्सर ए तैयबाको सहयोगी भएको बताइएको छ। बान्दीपोरामा भाजपाकै नेता बसिम बारीको हत्या हुँदा पनि यही संगठनको नाम आएको थियो।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु