१५ वर्षभित्र चीनलाई ‘महान आधुनिक समाजवादी राष्ट्र’ बनाउने चिनियाँ कम्युनिष्ट पार्टीको निर्णय

निरन्तर न्यूज
१४ कार्तिक २०७७, शुक्रबार ०८:१०

बेइजिङ । सत्तारुढ चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं केन्द्रीय समितिको ५ औं पूर्ण बैठक बेइजिङमा सम्पन्न भएको छ । बैठक गत अक्टोबर २६ बाट शुरुवात भई ३ दिनसम्म चलेको थियो ।

बैठकका मुख्य निर्णयहरु शुक्रबार आयोजना हुने पत्रकार सम्मेलनमार्फत् औपचारिकरुपमा सार्वजनिक गरिने भएको छ । तर बैठकको अन्त्यसँगै निर्णयको सारसंक्षेप भने प्रकाशित गरिएको छ ।

बैठकको मुख्य एजेण्डा १४ औं पञ्चबर्षिय योजना (२०२१–२०२५) निर्माण गर्नु थियो । तथापि समकालीन विश्व स्थिति र चिनियाँ विशेषतासहितको समाजवादको चुनौतिबारे समेत बैठकमा छलफल भएको थियो ।

बैठकले १५ वर्ष अर्थात् सन् १९३५ भित्र चीनलाई संसारकै ‘महान आधुनिक समाजवादी राष्ट्र’ बनाउने निर्णय गरेको छ । यस्तो सफलता नयाँ चरणको महान छलाङ हुने बताईएको छ ।

त्यसका लागि सबैभन्दा बढी जोड आर्थिक विकासमा दिनु पर्ने र आर्थिक विकासको मुख्य संवाहक प्रविधि आबिष्कार हुने निर्णय समेत गरेको छ । प्रविधि आविष्कारमार्फत् देशमा फेरि एउटा ‘नयाँ औद्योगिक क्रान्ति’ गरिने योजनामा उल्लेख छ ।

सारसंक्षेपमा सन् २०३५ सम्ममा चीन विश्वकै प्रविधि आबिष्कारको मुख्य नेतृत्वदायी राष्ट्र हुने दावी गरिएको छ ।

बैठकले १४ औं पञ्चवर्षीय योजनाको मस्यौदा तयार गर्दै समाजवादी मार्गचित्रको मध्यकालीन र दीर्घकालिन योजना समेत तय गरेको छ ।

१४ औं पञ्चवर्षीय योजनाको मुख्य अर्थनीति ‘द्धैत–आप्रवहन’ हुने जनाइएको छ । यसको अर्थ आन्तरिक बजार प्रणालीलाई अर्थतन्त्रको मुख्य क्षेत्र र अन्तर्राष्ट्रिय व्यापारलाई सहयोगी क्षेत्रका रुपमा लिइने छ । त्यसै गरी ग्रामिण र शहरी अर्थतन्त्रको ‘ब्रिजिङ’ गर्न यथोचित प्रयास गरिने बताईएको छ ।

सन् २०३५ सम्ममा चीनले उच्च–मध्यमस्तरको आयस्तर हासिल गर्ने समेत दाबी गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*