युरोपियन च्याम्पियन्स लिग : रियलले इन्टर मिलानलाई हरायो, सिटीको सहज जीत

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलको यस सिजनमा रियल मड्रिडले पहिलो जीत हात पारेको छ । ग्रुप ‘बी’ अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले इन्टर मिलानलाई ३-२ ले हराएको हो ।
प्रतिस्पर्धात्मक खेलको २५औं मिनेटमा करिम बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ३३औं मिनेटमा सर्जियो रामोसले अर्को गोल थपे । त्यसको दुई मिनेटमै लाउतारो मार्टिनेजले गोल गर्दै इन्टरलाई खेलमा फर्काउने प्रयास गरे ।
यस जीतसँगै रियल ४ अंकसहित अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ । ३ मध्ये दुईमा बराबरी र एकमा हार व्यहोरेको एन्टर २ अंकसहित पुछारमा छ ।
म्यान्चेस्टर सिटीको सहज जीत
गएराति नै सम्पन्न अर्को खेलमा इंग्लिस क्लब म्यान्चेस्टर सिटीले सहज जीत निकालेको छ । घरेलु मैदानमा भएको खेलमा सिटीले ओलम्पियाकोसलाई ३-० ले हराएको हो ।
सिटीको जीतमा फेरान टोरेस, ग्याब्रियल जेसस र जोआवो क्यान्सेलोले १-१ गोल गरे । खेलको १२औं मिनेटमा टोरेसले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि दोस्रो हाफको ८१औं मिनेटमा जेससले अग्रता दोब्बर पार्दा ९०औं मिनेटमा क्यान्सेलोले गोल गर्दै ३-० को जीत सुनिश्चित गरे ।