नेकपा सचिवालय बैठक : ओलीलाई प्रत्युत्तर दस्तावेज लेख्न १० दिन समय

निरन्तर न्यूज
३ मंसिर २०७७, बुधबार १८:१४

काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक १० दिनका लागि स्थगित भएको छ । अर्को बैठक मंसिर १३ गते बस्नेछ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई जवाफी राजनीतिक प्रतिवेदन पेश गर्न १० दिनको समय मागेपछि बैठक स्थगित भएको हो ।

धेरै लामो उतारचढावपछि पार्टीका दुवै विचार समूहका नेताहरु बैठकमा सहभागी भए र बैठक पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बसेको हो ।

पार्टी फुटसम्मको अवस्था सिर्जना हुनसक्ने भनिएको बैठक सामान्यरुपमा सम्पन्न भएको छ । बैठकमा ओली प्रत्युत्तर दस्तावेज लेख्न आफूलाई १० दिन चाहिन्छ भनेपछि नेकपा सचिवालयको आज सम्पन्न बैठकले यही मंसिर १३ गते सचिवालय, १८ गते स्थायी समिति र २५ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको नेकपा नेता विष्णु रिजालले जानकारी दिए ।

बैठकमा पार्टी महासचिव विष्णु पौडेलले सबै सचिवालय सदस्यले सामूहिक राजीनामा गर्नुपर्ने प्रस्ताव राखेका थिए । उनले नेकपामा जारी विवाद यही तरिकाले अगाडि बढे सबै नेताहरु कम्युनिष्ट आन्दोलनको अन्तिम मलामी हुने तर्क गरेका थिए ।

बैठकमा सहभागी एक नेताले भने, ‘विष्णुजीले सबै सचिवालय सदस्यले राजीनामा दिएर स्थायी समितिबाट नयाँ पुस्तालाई सचिवालयमा ल्याउनुपर्ने प्रस्ताव राख्नु भएको हो ।’

यद्यपि उनको प्रस्तावलाई शीर्ष नेताहरुले रुचिपूर्वक छलफल नगरेको उनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*