डा. भट्टराई भन्छन्- क्रान्तिको एजेण्डा अपहरणमा परे हुने यस्तै हो
काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले क्रान्तिका एजेन्डाहरु अपहरणमा परेपछि मुलुकमा अहिलेको अवस्था सिर्जना भएको तर्क गरेका छन् ।
वृहद् शान्ति सम्झौताको १५ वर्ष पुगेको दिन शुक्रबार एक ट्वीट गर्दै उनले उक्त सम्झौतालाई स्मरण गर्दै नीति र नेतृत्व नमिलेपछि नेपालमा अहिलेको अवस्था सिर्जना भएको टिप्पणी गरेका हुन् ।
उनले नयाँ पुस्ताले शान्ति सम्झौताको पूर्ण पाठ पढ्नुपर्ने तर्क गरेका छन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक जननी जनयुद्ध र बृहद शान्ति-सम्झौता (जसमा मधेस जनविद्रोहलगायत पूरक बनेका थिए) लाई बिर्सेर वा अवमूल्यन गरेर देश/समाज अघि बढ्दैन है,’ उनले लेखेका छन्, ‘नयाँ पुस्ताले शान्ति सम्झौताको पूर्ण पाठ पढून् ।’
संघीय लोकतान्त्रिक गणतन्त्रको वास्तविक जननी जनयुद्ध र वृहद शान्ति-सम्झौता(जसमा मधेस जनविद्रोह लगायत पूरक बनेका थिए)लाई बिर्सेर वा अवमूल्यन गरेर देश/समाज अघि बढ्दैन है!नयाॅ पुस्ताले शान्तिसम्झौताको पूर्ण पाठ पढून्।क्रान्तिका एजेण्डा अपहरणमा परे वा नीति र नेतृत्व नमिले यस्तै हुन्छ! pic.twitter.com/lKntx71xx7
— Baburam Bhattarai (@brb1954) November 20, 2020
भट्टराई तत्कालीन युद्धरत पक्षबाट दोस्रो तहका नेता हुन् भने जनयुद्धलाई शान्तिपूर्णरुपमा अपतरण गराउने योजनाकारको रुपमा परिचित छन् ।
डा. भट्टराईले फेसबुकमार्फत् अर्को एक टिप्पणी गरेका छन् । यस्तो छ उनको सन्देश-
– सामन्ती राजतन्त्रलाई अन्त्य गरेर देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्न क्रान्तिकारी जनयुद्धको नेतृत्व गर्दै आइरहेको माओवादी र नेपाल सरकारबीच – वृहद शान्ति-समझौता भएको ( २०६३ मंसीर ५ गते) आज १४ बर्ष पूरा!
– सत्यनिरूपण तथा मेलमिलाप आयोग र वेपत्ता सम्बन्धी आयोगका काम अहिलेसम्म पूरा हुन नसक्नु खेदजनक !
– नेपाली इतिहासलाई ९ रेक्टर स्केलको भूइॅचालोले झैं हल्लाइदिने त्यत्रो विशाल क्रान्तिपछि देशको नेतृत्व ओली जस्ता जनयुद्धविरोधीको हातमा पुग्नु र शान्ति-सम्झौतामा भएका आर्थिक-सामाजिक रूपान्तरणका काम सम्पन्न हुन नसक्नु विडम्वनापूर्ण!
-अब फेरि २०५२ साल यताका जनयुद्ध, जनआन्दोलन, मधेस जनविद्रोह/आन्दोलन, जनजाति आन्दोलन, थरूहट/थारूवान आन्दोलन लगायतका क्रान्तिकारी शक्तिहरूको वृहद ध्रुवीकरण गरेर देशलाई अग्रगमन र समृद्धिको दिशामा लैजाने आँट गर्ने हो कि?












