देवनारायणको अध्यक्षमा नेपाल इन्जिनियरिंङ्ग समाज गठन

निरन्तर न्यूज
१० मंसिर २०७७, बुधबार १०:३७

बीरगन्ज । नेपाल इन्जिनियरिंङ्ग समाज तथा मधेशी इन्जिनियर्स एशोसियसन बिधिवत रुपमा एक भएको छ । नयाँ शक्ति र संघिय समाजवादी फोरमको भातृ संगठनको रुपमा कार्यरत रहेका थिए । दुवै पार्टी एकिकरण भएसँगै अब उपरान्त दुवै संगठन पनि एक भएको नेताहरुले बताएका छन् ।

मेधेशी इन्जिनियर्स एशोसियसनको सल्लाकार डा. हरिशंकर साह तथा नेपाल इन्जनियरिङ समाजका तर्फबाट बौद्धिक पेसाकर्मी महसङ्घका केन्द्रीय सदस्य इन्जिनियर जनार्दन गिरीको बिशेष पहलमा नेपाल इन्जिनियरिंङ्ग समाज तथा मधेशी इन्जिनियर्स एशोसियसनको एकता घोषणा सभा सम्पन्न भएको छ ।

अब जनता समाजवादी पार्टीको भातृ संगठनको रुपमा नेपाल इन्जिनियरिंङ्ग समाज रहने भएको छ । एकता सभा पार्टीका संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, पार्टीका अध्यक्ष उपेन्द्र यादव एवम् बरिष्ठ नेता राजेन्द्र महतो,प्रदेश नं. २ मुख्यमन्त्री लालबावु राउत,भौतिक पूर्वधारमन्त्री जितेन्द्र सोनल,सरदसिह भण्डारी,राजकिशोर यादव,हिसिला यमी,रामसहाय यादव,नहेन्द्र प्रधान कृष्ण शर्मा लगायतको सहभागितामा सम्पन्न भएको हो ।

कोरोना कहरमा निर्धारित मितिमा एकता सभा गर्न नसकिए पछि जुम मिटिङ्ग मार्फत एकता घोषणा गरिएको नेताहरुले बताएका छन् । देवनारायण प्रसाद यादवको अध्यक्षमा नयाँ कमिटि गठन गरिएको छ । जसको सह अध्यक्ष हसला तुलाधर र संजिव नारायण यादव रहेका छन् भने महासचिव कृष्ण खनाललाई चयन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*