मकवानपुरमा विभिन्न पार्टी परित्याग गरि काँग्रेस प्रबेश

निरन्तर न्यूज
१४ मंसिर २०७७, आईतवार ०७:०९

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको विभिन्न ४ वडामा शनिबार भएको छुट्टाछुट्टै कार्यक्रममा राप्रपाको वडाअध्यक्षका प्रत्यासीसहित ६ सय १५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
शनिबार विहान हेटौंडा १० को वडा कार्यसमितिको आयोजनामा वडासभापति कालू घलानको सभाध्यक्षता एवं कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता, मकवानपुर सभापति ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा हेटौंडा १० का राप्रपाका वडा अध्यक्षका प्रत्यासी अमर लामालगायत ५० जना नेकपा, राप्रपा, चुरेभावर पार्टीबाट नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
त्यसैगरी हेटौंडा १ नकौलीमा कांग्रेसको पहलमा निर्मित लोकतान्त्रिक सामाजिक गुठीको सामुदायिक भवनको उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रम भएको छ ।
हेटौंडा १ का वडासभापति हरिकृष्ण महर्जनको सभाध्यक्षता तथा कांग्रेस मकवानपुरका कार्यवहाक सभापति विष्णुप्रसाद लामिछानेको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा र राप्रपाका ३ सय ४५ जना कांग्रेसमा प्रवेश गरेका छन् ।
त्यस्तै शनिबार नै नेपाली कांग्रेसको पार्टी कार्यालयमा भएको पार्टी प्रवेश कार्यक्रममा नेकपा र राप्रपाबाट ४५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेस प्रदेश २ ख का क्षेत्रीय सभापति लोक मोक्तानको सभाध्यक्षता तथा पार्टी सचिव बुद्ध लामाको प्रमूख आतिथ्यतामा हेटौंडा नगरका विभिन्न वडाका नेकपा, राप्रपाका ४५ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।
त्यसैगरी शनिबारै हेटौडा १९ बस्तीपुर कुनाटोलमा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि १ सय ७५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
कांग्रेस हेटौंडा १९ का सभापति धनबहादुर गुरुङको सभाध्यक्षता तथा कांग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको प्रमूख आतिथ्यतामा नेकपा, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी १ सय ७५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।
शनिबार हेटौंडा उपमहानगरको ४ वटै छुट्टाछुट्टै कार्यक्रमहरुमा पार्टी जिल्ला कार्यसमितिका पदाधिकारी तथा जिल्ला सदस्यहरु, सल्लाहकारहरु, नगर सभापति, संघीय सभापति, क्षेत्रीय सभापति, वडाअध्यक्षहरुले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*