नकआउट फुटबलकाे उपाधि एफसी मनहरीको पोल्टामा

निरन्तर न्यूज
२३ मंसिर २०७७, मंगलवार २०:४७

हेेटौंडा । प्रथम स्वर्गीय गाेकुल राउत स्मृति खुला नकआउट फुटबल प्रतियाेगिताकाे उपाधि आयाेजक टिम एफसी मनहरी युवा क्लवले जितेकाे छ ।
चुरियामाई युवा क्लव मनहरी ७ काे आयाेजनामा मंगलबार भएकाे प्रतियाेगिताकाे फाइनल खेलमा एफसी सिमरा युनाइटेडलाई ३-० गाेल अन्तरले हराउँदै उपाधिमाथि कब्जा गरेकाे हाे ।
क्षेत्रीय रंगशाला रमाैलीमा भएकाे प्रतियाेगिताकाे बिजयी टिमले नगद ५० हजार र उपबिजेताले नगद २५ हजार र ट्रफी प्राप्त गरेकाे छ ।
मंसिर १५ गतेदेखि सुरु भएकाे प्रतियाेगितामा १६ वटा टिमकाे सहभागिता रहेकाे थियाे । क्लवका अध्यक्ष श्रीकृष्ण राउतकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति इन्द्रबहादुर बानियाँकाे प्रमुख आतिथ्यता रहेकाे थियाे । कार्यक्रममा बानियाँले आयाेजकलाई नगद १५ हजार हस्तान्तरण गरेका थिए ।
प्रतियाेगिता समापन कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सल्लाहकार भरत पराजुली, मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेती, वडा नम्बर ७ का वडाअध्यक्ष ठाकुरराम तितुङ, कांग्रेस महासमिति सदस्य रञ्जन कालाखेती, कांग्रेस मकवानपुरका जिल्ला सदस्य नवराज उप्रेती, मनहरी उपभाेक्ता समिति सदस्य पदमबहादुर तितुङ, इन्द्रबहादुर राउत, बिरू लामा, प्रकाश वर्ताैलालगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*