संसद् विघटन भइसकेकाे छैन, घाेषणा मात्रै भएकाे हाे : बाबुराम भट्टराई (भिडियाे)

निरन्तर न्यूज
१७ पुष २०७७, शुक्रबार ०८:१२

काठमाण्डाैँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद् विघटन भइनसकेकाे घाेषणा मात्रै भएकाे दाबी गरेका छन्।

नागरिक न्युजकाे फ्रन्टलाइनमा बोल्दै उनले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओलीको कठपुतली बनेकाे आरोप पनि लगाए।

‘मुलुकलाई अँध्यारो सुरुङतिर प्रवेश गराएको छ। यस्ता असंवैधानिक र अलोकतान्त्रिक कदम सच्याउन आवश्यक छ। यसका लागि नेपाली जनता उठ्नुपर्छ,’ डा. भट्टाईले भने, ‘संसद् विघटन भएको छैन। केपी ओलीले घोषणा मात्रै गरेका हुन्।’

त्यस्तै उनले संसद् विघटन हुनुको मुख्य कारण देशमा क्रान्ति अधुरो रहनु पनि भएकाे बताए। जब क्रान्तिकाे रापताप सेलाउँछ तब प्रतिगनकारी सक्रिय हुने उनकाे भनाइ छ।

‘अन्य मुलुकमा पनि जब क्रान्ति अधुरो हुन्छ, तब पुराना शासक तात्न थाल्छन्। नेपालमा पनि यस्तै भएको हो,’ उनले भने। नागरिकन्यूजबाट साभार गरिएकाे भिडियाेसहित ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*