चीनमा पनि कोभिडविरुद्धको खोप विकास

निरन्तर न्यूज
१७ पुष २०७७, शुक्रबार ०८:२४

काठमाडौं । कयौं देशहरुमा कोभिड-१९ को खोप विकास भइरहेको बेला चीनबाट पनि खुसीको खबर आएको छ । विहीबार चीनले सरकारी कम्पनि ‘सिनोफार्म’द्वारा विकास गरेको कोरोना भ्याक्सिन प्रयोग गर्न सशर्त अनुमति दिएको हो ।

यो चीनको पहिलो यस्तो भ्याक्सिन हो, जसलाई आम नागरिकलाई प्रयोगकको लागि खुला गरिएको छ । चीनको चिकित्सा उत्पादन प्रशासनका चेन शिफेइले विहीबार बताएअनुसार यो निर्णय बुधबार राति लिइएको हो ।

रिपोर्टहरुका अनुसार कोरोनाबाट बच्नका लागि ‘बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स’को यस खोप छिट्टै बजारमा सर्वशुलभरुपमा पाइने बताइएको छ ।

चिनियाँ भ्याक्सिनको प्रभावकारिताबारे विस्तृत विवरण सार्वजनिक नभए पनि यो खोप कोरोनाविरूद्ध ७९.३४ प्रतिशत प्रभावकारी भएको बताएको थियो । यो खोप पनि दुई डोज लगाउनुपर्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*