केन्द्रीय समितिकाे संघर्षलाई जिल्लामा सफल पार्ने नेकपाकाे (प्रचण्ड-माधवपक्ष) निर्णय

निरन्तर न्यूज
१८ पुष २०७७, शनिबार २०:३४

हेटौंडा । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड– माधव नेपाल पक्षको जिल्ला कमिटी बैठक शनिबार बसेको छ । हेटौंडामा रहेको पार्टी कार्यालयमा बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरुद्ध पार्टी केन्द्रीय संघर्ष समितिले सर्कुलर गरिएको संघर्षको कार्यक्रमहरुलाई सफल पार्ने निर्णय गरेको छ । बैठकले असंवैधानिक कदम विरुद्ध उत्रन सबै नेता तथा कार्यकर्तालाई आव्हान समेत गरेको छ ।

बैठकले यही पौष २५ गते भित्र मकवानपुर जिल्लाका सबै स्थानीय तह र गाउँ पार्टी कमिटीको बैठक गर्ने निर्णय गरेको छ । बैठकले नेकपा विप्लव पार्टीका जिल्ला इन्चार्ज वीरबहादुर घलानको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीमा समायोजन हुन आएको जिल्ला कमिटीलाई स्वागत गरेको नेकपा मकवानपुरका संगठन विभागका सहसंयोजक कमानसिं पाख्रिनले जानकारी दिए ।

नेकपा मकवानपुरको अध्यक्ष मनु सिग्देलको अध्यक्षतामा बसेको बैठक पार्टी केन्द्रीय सदस्य केदार न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । बैठकमा पार्टी केन्द्रीय सदस्य एवम् मकवानपुर जिल्ला इन्चार्ज बिरोध खतिवडा , केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला सहइन्चार्ज कुमारी मोक्तान , प्रदेश सदस्यहरु ओम घलान, सूर्य न्यौपाने , सर्केस घलान लगायतका उपस्थिति रहेको थियो । पार्टी जिल्ला सचिव प्रेमबहादुर पुलामीले सञ्चालन गरेको बैठकले संविधान विपरीत भएका कामको विरोध गर्दै तल्लो तहसम्म पुग्ने निर्णय गरेको छ । काेशी अनलाइन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*