हरिकृष्णको ठाउँमा सपना

निरन्तर न्यूज
२९ पुष २०७७, बुधबार १०:५७

काठमाण्डाैँ ।  प्रतिनिधिसभा विघटनसम्बन्धी १३ थान रिटहरुको सुनुवाइ गर्न आज नयाँ इजलास गठन भएको छ ।

प्रधान न्यायाधीश चोलेन्द्र समशेर जबराले आफ्नो नेतृत्वमा बनाउनुभएको पाँच सदस्यीय बेन्चमा हरिकृष्ण कार्की २२ गते हट्नुभएपछि प्रधानन्यायाधीश बन्ने रोलक्रममा रहनुभएकी सपना प्रधान मल्ललाई सामेल गर्नुभएको हो ।

उहाँबाहेक इजलासको स्वरुप पुरानै छ-बिश्वम्भरप्रसाद श्रेष्ठ,अनिल सिन्हा र तेजबहादुर केसी । यो पटक पनि बरिस्ठताको क्रमका दिपक कार्की र मीरा खड्का छुट्नुभएको छ । जनआस्थाबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*