ट्रम्पको युट्युब च्यानल एक साता सस्पेन्स

निरन्तर न्यूज
१ माघ २०७७, बिहीबार ०८:५३

काठमाडौं । अमेरिकि राष्ट्रपति डोनाल्ड ट्रम्पको युट्युब च्यानललाई एक साताका लागि निलम्बन गरेको छ ।

संचालकले युट्युबकाे नीति विपरीत हिंसा भड्काउने किसिमको उत्तेजक सामग्रीहरु पोस्ट गरेको जनाउँदै एक साताका लागि निलम्बन गर्नुका साथै नीति विपरीतका सामग्री समेत हटाइदिएको छ ।

युट्युबले एक वक्तव्य जारी गर्दै हिंसा भड्किने सम्भावना अझै देखिएकोले डोनाल्ड ट्रम्पको युट्युब च्यानलमा पोस्ट गरिएका सामग्री हटाएको छ । ट्रम्पको युट्युब च्यानलमा २७ लाख ७० हजार ग्राहक, समर्थक रहेका छन् ।

अमेरिकी संसद क्यापिटोलमा भएको ट्रम्प समर्थकको आक्रमणपछि ट्वीटर र फेसबुकले यसअघि नै ट्रम्पको अकाउन्ट बन्द गरिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*