खोप ल्याउन सरकारकाे सार्वजनिकरुपले चन्दाको विज्ञापनप्रति काँग्रेस प्रबक्ताकाे आलाेचना

निरन्तर न्यूज
२ माघ २०७७, शुक्रबार ०९:१२

काठमाडौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले घोषणा गरेको निर्वाचनको आलोचना गरेका छन् । सरकारले कोभिड-१९ खोपका लागि खोप कोषमा योगदान गर्न सार्वजनिकरुपमा आह्वान गरेपछि प्रवक्ता शर्माले सरकारी निर्णयको आलोचना गरेका हुन् ।

‘खोप ल्याउन सरकार सार्वजनिकरुपले चन्दाको विज्ञापन छाप्छ,’ उनले विहीबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘भेन्टिलेटर किन्न र जनताको उपचार गर्न पैसा छैन भन्छ तर अर्कोतिर अर्बौं खर्च हुने चुनाव घोषणा गर्छ ।’

उनले यो सरकार जनताको नभएको तर्क गरेका छन् । ‘जनताको जीवन रक्षा भन्दा जनताको भोट अपेक्षा, जब प्रधान हुन्छ, बुझ्नुपर्छ त्यो सत्ता जनताको होइन, न लोकतान्त्रिक हो न मानवीय ।’

प्रवक्ता शर्माले चुनाव घोषणाको विरोध गरे पनि नेपाली कांग्रेस संसद पुनःस्थापनाको पक्षमा आन्दोलन चर्काउने निर्णय गर्न सकेको छैन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*