६ लाख घुससहित मालपोत प्रमुख खनाल पक्राउ

बारा । बाराको सिमरास्थित मालपोत कार्यालयका निमित्त प्रमुख मनककुमार खनाल घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई अमलेखगञ्जबाट ६ लाख घुससहित पक्राउ गरेको हो ।
बाराको जितपुरमा रहेको जग्गा सर्जमिन मुचुल्का गरी पास गराउनका लागि भन्दै सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा पुगेको टोलीले खनाल र लेखापढी व्यवसायी बद्री बडाललाई अमलेखगञ्जस्थित एक होटलबाट पक्राउ गरेको अख्तियारले जनाएको छ ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।