अदालतबाट न्याय पाएकी गाउँपालिका उपाध्यक्ष मनिलाले भनिन् : न्यायकाे लडाँइमा साथ दिने सबैमा आभार

निरन्तर न्यूज
९ फाल्गुन २०७७, आईतवार १९:४६

हेटौंडा । मकवानपुरकाे पश्चिमी क्षेत्रमा रहेकाे मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टलाई अदालतले न्याय दिएपछि न्यायका लागि लडाई लड्न, साथ, साहस उत्साह भरिदिने सम्पूर्णलाई आभार व्यक्त गरेकि छिन् ।

आज हेटाैँडामा पत्रकार सम्मेलन गर्दै पुनर्वहाली भएकि उपाध्यक्ष बिष्टले आफु सधै जनताकाे बीचमा गएर जनताकाे लागि काम गर्ने बताइन्  । काम गर्नेलाई शंका गर्ने र काम नगर्नेलाई काखी च्याप्ने प्रबृत्ति बिरुद्ध दत्तिचत्त भएर लाग्ने बताइन्

गत फागुन ५ गते उच्च अदालत पाटन हेटौँडा इजलाशले उपाध्यक्ष विष्टलाई पुनः आफ्नो पदीय जिम्मेवारीमा फर्कन परमादेश जारी गरेको थियो । अदालको आदेश पश्चात यसपछी उहाँलाई काम गर्ने बाटो खुलेको हो । आफु अब पनि गाउँपालिकामा सबैसंग मिलेर काम गर्न तयार रहेको वताउनुभयो ।

कार्यक्रममा नेकपा मकवानपुरका अध्यक्ष तथा प्रदेशसभाका सदस्य मुनु सिग्देलले याे लडाइँ गुटगत राजनीतिकाे कारण भएता पनि अब याे लडाँइ प्रतिगमनसँग जाेडिएकाे बताइन् ।

न्यायाधीशहरु मोहम्मद साबीर हुसेन र चन्डिराज ढकालको संयुक्त इजलाशले उत्प्रेषण आदेशमार्फत् सबै प्रक्रिया खारेज गर्ने र उपाध्यक्ष विष्टलाई पुन कामकाजमा फर्कन पाउने गरी परमादेश जारी गरेको हो । विष्टले आफुले राजीनामा नदिएको भन्दै उच्च अदालत पाटन हेटौँडा इजलाशमा रिट दायर गरेकी थिइन् ।

उक्त रिटउपर अदालतले उपाध्यक्ष विष्टको पक्षमा फैसला गरेको हो । विष्टको पक्षमा अधिवक्ताहरु शुसिल कुमार पोखरेल, मदन दाहाल, अमृत लामा र शिवप्रसाद बञ्जाराले बहस गरेका थिए । विष्टले गएको मंसिर २९ गते बुझाएको राजीनामा पुस १७ गते गाउँपालिकाले स्वीकृत गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*