प्रधानन्यायाधीश राणा भेट्न प्रधानसेनापति थापा पुगे सर्बाेच्च

निरन्तर न्यूज
१० फाल्गुन २०७७, सोमबार १७:४९

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच सोमवार भेटवार्ता भएको छ ।

सर्वोच्च स्रोतका अनुसार सेना र सर्वोच्चबीच देखिएको जग्गा विवादका विषयमा कुराकानीका लागि थापा राणालाई भेट्न सर्वोच्च गएका हुन् ।

‘सर्वोच्च अदालतको पछाडिपट्टी सर्वोच्चको जग्गा छ । त्यो जग्गामा सेनाले भौतिक संरचना बनाएकोमा सर्वोच्चले हटाउन भनेपछि यही विषयमा कुराकानीका लागि प्रधानसेनापति सर्वोच्च आउनु भएको हो’, सर्वोच्च अदालत स्रोतले भन्यो ।

सोमबार दिउँसो थापालाई राणालाई भेट्न थापा उनको कार्यकक्षमै पुगेका थिए ।

कतिपयले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा फैसला अन्तिम चरणमा पुगेको बेला प्रधानन्यायाधीश र सेनाका प्रमुखबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरेपनि सर्वोच्च स्रोतले भने यसबारे कुनै कुराकानी नभएको स्पष्ट पारेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*