प्रधानमन्त्री ओलीद्वारा कञ्चनपुरमा निर्माण हुन लागेको नयाँ औद्योगिक ग्रामको शिलान्यास
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको दैजीमा निर्माण हुन लागेको नयाँ औद्योगिक ग्रामको शिलान्यास गरेका छन् ।
सोमवार (आज) एक कार्यक्रमकाबीच प्रधानमन्त्री ओलीले उक्त औद्योगिक ग्रामको शिलान्यास गरेका हुन् ।
सरकारले ६ वटा ठूला औद्योगिक क्षेत्रको निर्माण आज सोमवार बाट शुरू गर्ने भएको छ ।
कञ्चनपुरको दैजी–छेला, बाँकेको नौबस्ता, रुपन्देहीको मोतीपुर, मकवानपुरको मयूरधाप, चितवनको शक्तिखोर र झापाको दमकमा ठूला औद्योगिक क्षेत्र निर्माण शुरू हुन लागेको हो ।
औद्योगिक विकास लिमिटेडले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीले आज सोमवार कञ्चनपुरको दैजी–छेला र फागुन १६ गते दमक औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।
यसैबीच रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी १३ फागुनमा र नौबस्ता औद्योगिक क्षेत्र र मयूरधाप औद्योगिक क्षेत्रको ११ फागुनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले र मयूरधापको शिलान्यास १४ फागुनमा शिलान्यास गर्ने कार्यक्रम तय भएको छ।






