संसद पुनर्स्थापना सँगै १३ दिनभित्र प्रतिनिधिसभा बाेलाउन संबैधानिक इजलासकाे आदेश

निरन्तर न्यूज
११ फाल्गुन २०७७, मंगलवार १८:५१

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले १३ दिनभित्र प्रतिनिधिसभाको अधिवेशन बोलाउन आदेश दिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेको छ । फैसलासँगै प्रतिनिधि सभा पुनःस्थापित भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्ने फैसला गरेको हो । इजलासले १३ दिनभित्र प्रतिनिधिसभाको अधिवेशन बोलाउन पनि आदेश दिएको छ ।

संवैधानिक इजलासमा जबरासँगै न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ, अनिल सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*