जसपा नेता श्रेष्ठकाे टिप्पणी : प्रधानमन्त्री ओलीको राजनीतिक भविष्य अध्याँरो सुरूङमा पसिसक्याे

निरन्तर न्यूज
१३ फाल्गुन २०७७, बिहीबार २०:०२

काठमाडाैं । जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक भविष्य अध्याँरो सुरूङमा पसिसकेको टिप्पणी गरेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता श्रेष्ठले नैतिकताको आधारमा ओलीले राजीनामा दिदा उत्तम हुने धारणा पनि राखे। नेता श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका पनि सन्तोषजनक नभएको टिप्पणी गरे ।

सहकार्यका लागि आफूहरुले कांग्रेस र नेकपा–दाहाल नेपाल समूहलाई ठोस धारणा बनाउनको लागि सुझाव दिएको उनले बताए । नेकपा दाहाल–नेपाल समूहका अध्यक्षद्धय पुष्पकमल दाहाल र माधव कुमार नेपालसँग आफूसहित जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोेको भेटवार्ता भएको उल्लेख गर्दै उनले उक्त भेटमा दाहाल–नेपालले नयाँ परिस्थितिमा अब कसरी बढ्ने भन्नेबारे छलफल गर्ने कुरा राखेको पनि जानकारी दिए । उनले कसको नेतृत्वमा सरकार बन्छ ? भन्ने कुरा अहिले नै भन्न नसकिने टिप्पणी गरे ।

नेकपाको विवाद निर्वाचन आयोगमा रहेको भन्दै उनले औपचारिक रुपमा विभाजन भएपछि नै अन्य प्रक्रिया अघि बढ्ने धारणा राखे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*