फ्रान्सका पूर्वराष्ट्रपति सार्कोजीलाई भ्रष्टाचार आरोपमा जेल सजाय

निरन्तर न्यूज
१८ फाल्गुन २०७७, मंगलवार ०८:२२

एजेन्सी । फ्रान्सका पुर्व राष्ट्रपति निकोल सार्कोजीलाई भ्रष्टाचार आरोपमा तीन वर्ष जेल सजाय तोकिएको छ । पदमा रहँदा भ्रष्टाचार गरेको र मुद्दालाई प्रभावित गर्न न्यायाधीशहरुलाई घुस दिन खोजेको आरोपमा दोषी ठहर भएपछी फ्रान्सको उच्च अदालतले सार्कोजीलाई ३ वर्षको जेल सजाय सुनाएको हो ।

६६ वर्षीय सार्कोजी सन् २००७ देखि सन् २०१२ सम्म फ्रान्सको राष्ट्रपति रहेका थिए। आफुविरुद्ध लागेको एक आपराधिक आरोपबारे सुचना उपलब्ध गराउन उनले सन् २०१४ मा सरकारी अधिकारीलाई राम्रो जागिरको अफर गरेको आरोप लागेको थियो । सार्कोजीका कानुन व्यवशायी र उनले घुस अफर गरेका सरकारी अधिकारीलाई पनि तीन वर्ष जेल सजाय सुनाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यो सजायसंगै सार्कोजी फ्रान्सको इतिहासमा भ्रष्टाचार आरोपमा जेल सजायँ पाउने पहिलो राष्ट्रपति बनेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*