पूर्वी अष्ट्रेलियामा आएकाे बाढीले हजारौं मानिस विस्थापित

निरन्तर न्यूज
९ चैत्र २०७७, सोमबार १०:१२

एजेन्सी । अष्ट्रेलियाको पूर्वी तटीय क्षेत्रमा आएको बाढीका कारण हजारौंलाई सुरक्षित स्थानमा सारिएको छ ।

न्यु साउथ वेल्स राज्यका विभिन्न क्षेत्रमा बाढी आएपछि झण्डै १८ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन् । केही दिनदेखि परेको भारी वर्षाका कारण उक्त स्थानमा बाढी आएको हो ।

भारी वर्षापछि प्रान्तीय राजधानी सिड्नीका नदी र बाँधमा पानीको मात्रा बढेको र बाढी आएको समाचारमा जनाइएको छ । अझै केही दिनसम्म बाढीले निरन्तरता पाउने अष्ट्रेलियाका अधिकारीहरुले बताएका छन् । उनीहरुले सर्वसाधारणलाई सतर्क रहन समेत अनुरोध गरेका छन् ।

त्यस्तै प्रधानमन्त्री स्कट मोरिसनले बाढीका कारण विस्थापित हुन पुगेको व्यक्तिलाई आर्थिक सहयोग प्रदान गरिने बताएका छन् । आफ्नो मुलुकका लागि अर्को परीक्षणका समय आएको उनको भनाइ छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*