बेलायतको स्थानीय निर्वाचनमा नेपालीमुलका २ जना उम्मेदवार विजयी

निरन्तर न्यूज
२५ बैशाख २०७८, शनिबार १६:३५

एजेन्सी । बेलायत बिहीबार सम्पन्न स्थानीय निर्वाचनमा दुई जना नेपालीमुलका उम्मेदवार विजयी भएका छन्।

शुक्रबार आएको मत परिणाममा अनुसार अल्डरसट क्षेत्रमा जीव बेल्वासे र नेम थापा निर्वाचित भएका हुन्।

बेल्वासेले कन्जरभेटिभ पार्टीबाट उम्मेदवारी दिएका थिए।

रश्मोर बरोको वेलिङटन वडामाका उम्मेदवार बेल्वासे ५ सय ८७ मत प्राप्त गर्दै विजयी भए।

यस्तै रश्मोर बरोको फार्नबरो चेरिवुड वडामा कन्जरभेटिभ पार्टीबाटै उम्मेदवारी दिएका नेम थापा ८ सय ९८ मत प्राप्त गर्दै विजयी भएको जनाइएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*