बहराइनका राजकुमारसहितकाे टाेली सगरमाथाको चुचुरोमा पुगे

निरन्तर न्यूज
२८ बैशाख २०७८, मंगलवार ०९:०८

हेटाैडा । नेपालको प्रदेश १ मा अवस्थित विश्वकै सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा बहराइनको राजपरिवारका सदस्य पुग्न सफल भएका छन् ।

राजपरिवारका सदस्यसहितको टोलीले पहिलो पटक आज (मङ्गलबार) बिहान ६ः४० बजेतिर सगरमाथाको सफल आरोहण गरेको हो । १२ सदस्यीय टोलीमा बहराइनका राजकुमार मोहम्मद हमद मोहम्मद अलखलिफासमेत थिए । यसअघि उनले मनास्लु र लुवुचो हिमालको सफल आरोहण गरिसकेका छन् ।

पर्यटन विभागकी निर्देशक मीरा आचार्यले सगरमाथाको चुचुरोमा टोली सफलतापूर्वक पुग्न सकेको जानकारी दिइन् । विदेशी राजपरिवारको टोली आएर सगरमाथाको सफल आरोहण गर्नसक्नु् मुलुककै लागि गौरवको विषय भएको उनको भनाइ छ ।

विगतको भन्दा उचाई बढेको सगरमाथामा पुगेको टोली सिजनको पहिलो अनुमति प्राप्त विदेशी पर्यटकको आरोहण दल हो । यो टोली सेभेन समिटबाट सगरमाथाको आरोहणका लागि प्रस्थान गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*