चीनले दिएको अक्सिजन सिलिन्डर र भेन्टीलेटर आज नेपाल आइपुग्ने
काठमाण्डाेँ चीनले दिएकाे अक्सिजन सिलिन्डर र भेन्टीलेटर लिन त्यसतर्फ गएकाे नेपाल एअरलाइन्सको वाइडबडी जहाज आज नेपाल फर्किँदैछ ।
निगमको वाइड-बडी एयरबस ३३० आर ए ४२५१ ले ४ सय थान अक्सिजन सिलिंडर, १० थान भेंटिलेटर तथा १७३ थान आक्सिजन कन्सनट्रेटर आज दिउंसो करिब २ बजेर ३५ मिनेटमा काठमाण्डाैमा अवतरण गर्ने तालिका रहेकाे एयरलाइन्सले जनाएकाे छ ।
चीनले दिने भनेकाे २० हजार खाली सिलिण्डरमध्ये आज पहिलो चरणमा चार सय थान खाली सिलिन्डर ल्याइँदैछ ।
उक्त सामग्री लिनकाे लागि सोमवार राति एअरलाइन्सको वाइडबडी जहाज साेमबार राति बेइजिङ गएको थियाे ।






