खोरमा बाढी पस्दा तीन हजार कुखुरा पुरियो
निरन्तर न्यूज
१७ असार २०७८, बिहीबार १८:३७

गोरखा । लगातार परेकाे वर्षाकाे कारण गाेरखामा समेत क्षति भएकाे छ ।
गोरखाको पालुङटारमा कुखुराको खोरमा बाढी पस्दा तीन हजार कुखुरा पुरिएकार् बताइएकाे छ ।
पालुङटार नगरपालिका वार्ड नम्बर २ का लक्ष्मण पन्तको कुखुरा फार्ममा बाढी पस्दा तीन हजार कुखुरा पुरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी प्रकाश दाहालले बताउनुभयो ।
बिक्री गर्ने बेला भएको कुखुरा मरेपछि किसान चिन्तित बनेका छन् ।