हेटाैँडामा जारी राष्ट्रिय भेट्रान्सकाे च्याम्पियन बन्याे नागस्वती

निरन्तर न्यूज
२३ भाद्र २०७९, बिहीबार ०७:४८

हेटाैँडा । ४० वर्षमाथिको राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि आयोजक नागस्वती क्लब हेटौंडाले जितेको छ ।

हेटौंडा–७, नागस्वतीस्थित नवज्योति माविको खेल मैदानमा भएको फाइनलमा ठमेल भेट्रान्सलाई २–१ गोलअन्तरले पराजित गर्दै आयोजक विजयी भएको हो । आयोजकको जीतमा राजकुमार घिसिङ र राजकुमार केसीले एक/एक गोल गरेको थिए । ठमेलको तर्फबाट नरकुमार राईले गोल गरेका थिए । प्रतियोगिताको विजेताले नगद २ लाख १ हजार रुपैयाँ र उपविजेताले १ लाख १ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगिताको विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडी एवम् प्रशिक्षकलाई ले पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगितामा करिब १५ लाख ५० हजार रुपैयाँ खर्च भएको आयोजकले जनाएको छ । प्रतियोगितामा १८ टोलीको सहभागिता रहेको थियो । विभिन्न क्लबबाट पूर्वराष्ट्रिय फुटबल टोलीका खेलाडीहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए । जसको कारण प्रतियोगितामा रौनकता थपिएको थियो ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु