नेपाल टी-२० लिगका लागि मार्की प्लेयर घाेषणा

निरन्तर न्यूज
२५ भाद्र २०७९, शनिबार २१:१८

काठमाडौं । पहिलो पटक आयोजना हुन लागेको नेपाल टी-२० लिगका सबै टिमको मार्की प्लेअर घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले शनिबार ६ टिमका मार्की प्लेअर घोषणा गरेको हो । आसिफ शेख पोखरा एभेन्जर्स, दीपेन्द्र सिंह ऐरी लुम्बिनी अल स्टार, ज्ञानेन्द मल्ल कान्तिपुर क्यापिटल, करण केसी फार वेस्टर्स युनाइटेड, रोहित कुमार पौडेल विराटनगर सुपर किंग्स र सोमपाल कामी जनकपुर रोयल्सका मार्की प्लेयर भएका छन् ।

मार्की प्लेयर घोषित सबै खेलाडीले १५ लाख रुपैयाँ पाउनेछन् । पोखराले ड्राफ्टबाट क्याटेगोरी ए का शरद भेषावकरलाई पनि अनुबन्ध गरेको क्यानले जनाएको छ ।
टी-२० लिगको ड्राफ्टमा रहेका ९२ जना खेलाडीमध्ये पहिलो दिन टिमहरुले ७ खेलाडी लिएका छन् । बाँकी ड्राफ्ट आइतबार हुने क्यानले जनाएको छ ।

६ टिममा कूल ६६ खेलाडी अनुबन्ध हुनेछन् ।

प्रतिक्रिया दिनुहोस

  • प्रतिक्रियाहरु