हेटाैँडामा उपमेयर कप भलिबल प्रतियाेगिता हुने

हेटाैँडा । चौथो संस्करणको उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता–२०७९ विहीबार (भोली) बाट हेटौंडामा सुरु हुने भएको छ ।
केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजना तथा जिल्ला खेलकुद विकास समिति मकवानपुरको सहकार्यमा प्रतियोगिता सञ्चालन हुन लागेको हो । असोज ९ गते शनिबारसम्म हेटौंडा–४, हुप्रचौर (लोकतान्त्रिक मैदान) सञ्चालन हुने प्रतियोगितामा महिलातर्फ ९ वटा र पुरुषतर्फ १२ टिमले सहभागी हुने आयोजक प्रतिष्ठान महासचिव बसन्तकुमार सिटौलाले जानकारी दिए ।
प्रतियोगितामा पुरुष र महिलातर्फको विजेता र उपविजेताले क्रमशः नगद ५० र २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् भने प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने पाँच/पाँच हजार रुपैयाँ नगद प्राप्त गर्ने महासचिव सिटाैलाले जानकारी दिए ।